काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरिएको छ । एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी मदन भण्डारीको १६औँ स्थापना दिवसका अवसरमा विभिन्न विधाको खेल प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिएको हो ।
जसअन्तर्गत भलिबल, फुटसल, तेक्वान्दो, टेबलटेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक, कराँते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो, हक्कीलगायतका खेल प्रतियोगिता रहेका छन् ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले करिब १० करोड ६६ लाख रुपैयाँ बढीको लागतमा देशभर सो प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट दुई करोड रुपैयाँ विनियोजन भएको छ । यसबाहेक सात प्रदेश र सम्बन्धित स्थानीय निकायसँगको समन्वयमा बजेट व्यवस्थापन गरिने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच