रियलमी नार्जो एन ५३

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रियलमीले नयाँ स्मार्टफोन रियलमी नार्जो एन ५३ नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार युनिसोक टाइगर टी ६१२ अक्टा-कोर प्रोसेसरयुक्त रियलमी नार्जो एन ५३ एक अतुलनीय पावरहाउस हो । एण्ड्रोइड १३ मा आधारित रियलमी युआइ सफ्टवेयरमा चल्ने नार्जो एन ५३ मा हरेक काम सहजरूपमा सम्पन्न हुने भएकाले फोनले एक वास्तविक पावरहाउसको अनुभूति दिन्छ । ४६ जिबी एलपिडिडिआर चार एक्स र्‍याम भएकाले नार्जो एन ५३ मा सिमलेस मल्टिटास्किङका लागि पर्याप्त मेमोरी रहेको छ । त्यस्तै, यसमा भएको ६४/१२८ जिबीलाई दुई टिबीसम्म बढाउन सकिन्छ ।

एन ५३ को एआई लेन्सवाला ५० एमपी प्राइमरी रियर क्यामेराका साथै आठ एमपी टियरड्रप नच फ्रन्ट क्यामेरा रहेको छ । चार जिबी र्‍याम र ६४ जिबी स्टोरेज भएको रियलमी नार्जो एन ५३ को मूल्य १५ हजार नौ सय ९९ रहेको छ भने छ जिबी र्‍याम र १२८ जिबी स्टोरेजको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?