राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज आइतबार सम्पन्न उपनिर्वाचनमा ७१.८१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
मतदान सकिएपछि मतपेटिका मतगणना स्थलमा ल्याइ सकिएको छ भने सर्वदलिय बैठकका लागि राजनीतिक दलहरू छलफलमा जुट्दैछन् ।
वडा नम्बर १ मा दुई हजार ६३५ र वडानम्बर ४ मा एक हजार २८१ मतदाता मध्ये २८३१ जनाले मतदान गरेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
दुवैको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १६ जना उम्मेदवार रहेका छन् भने दुवै वडामा ३ वटा मतदान स्थल र मा ५ वटा केन्द्रमा रहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । वडा नं.–४ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय भुतही मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका थिए ।
उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गराएका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा वडा नं. १ बाट सियाकान्त चौधरी र वडा नं. ४ बाट रामकुमार यादव रहेको जनाएका थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच