काठमाडौं । ‘फेस अफ क्लासिक डाइमन्ड’को उपाधि पूर्णिमा सिजापतिले चुम्नु भएको छ । क्लासिक डाइमन्ड ज्वेलर्सको आयोजनामा भएको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौं सिजनको टाइटल पूर्णिकाले चुम्नुभएको हो ।
प्रतियोगितामा फष्र्ट रनरअप स्मृति श्रेष्ठ र सेकेण्ड रनरअप उरुषा भण्डारी बन्नुभएको थियो । स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि चुम्नुभयो भने सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।
विजेताले एक लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गरेका छन् । फस्र्ट रनरअपले एक लाख रुपैयाँ र सेकेण्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
क्लासिक डाइमन्डको ग्राण्ड फेसन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा आयोजना हुने जानकारी गराइएको छ । सोही कार्यक्रममा विजेतालाई सम्मान र पुरस्कार प्रदान गरिने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
देशभरका विभिन्न क्षेत्रबाट अडिशनमार्फत छानिएका २६ मोडललाई करिब एक महिना तालिम दिएर प्रतियोगितामा सहभागी गराइएको थियो । उनीहरूमध्ये उत्कृष्ट पाँचलाई फाइनलका लागि छनोट गरी विजेता घोषणा गरिएको हो ।
प्रतियोगिताको निर्णायक प्यानलमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच