बझाङमा लागूऔषधसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बझाङ । बझाङमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको दुर्गाथली गाउँपालिका-४ आमरुखबाट ६ केजी ६० ग्राम लागूऔषधसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका-९ का २९ वर्षीय प्रेमबहादुर बोहरा र सोही पालिका-८ का २८ वर्षीय सुनिल बोहरा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दुर्घाथलीबाट खटिएको प्रहरीले सुदुपश्चिम प्रदेश ०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्दा लागूऔषध फेला परेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?