काठमाडौं । नेपाल डेरी एसोसिएसन(एनडिए) बागमती प्रदेश कार्यसमितिको छैटौँ साधारणसभा आगामी पुस ४ गते काठमाडौंमा आयोजना हुने भएको छ । प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रदेश सचिव श्याम घिमिरेका अनुसार साधारणसभाका लागि प्रदेशका सबै जिल्लाले आफ्ना साधारणसभा सम्पन्न गरी प्रतिवेदन प्रदेश सचिवालयमा बुझाउन निर्देशन दिएको छ । बैठकमा उपाध्यक्ष गोपाल तिमल्सिनाले बागमती प्रदेशमा एक सय १४ साना, ठूला, मझौला र घरेलु डेरी उद्योग सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।
सो अवसरमा सचिव रविन्द्र हुमागाईंले डेरी उद्योगका समस्या समाधान गर्न राज्यको सक्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो । बैठकमा केन्द्रीय अध्यक्ष प्रहृलाद दाहालका साथै बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका अध्यक्षसमेतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच