काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । कम्पनीले पातारासी गाउँपालिका २ मा नयाँ साइट निर्माण गरी आइतबारदेखि टुजी र फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको होे ।
जिल्लाको अति विकट पातारासी गाउँपालिकामा सेवा सञ्चालनसँगै उक्त गाउँपालिकाका वडा १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत क्षेत्रका बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनीले उक्त स्थानका ग्राहकको माग लक्षित गरी भ्वाइस तथा डाटा सेवाको विस्तार गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच