नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इटालियन क्लब नापोली युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३–० ले हराउँदै समग्रमा ५–० को जितसहित नापोली क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २–० ले हराएको थियो ।

दोस्रो लेगको खेलका पहिलो हाफको इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । उनले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई दोब्बर अग्रता दिलाए ।

त्यसपछि ६४ औं मिनेटमा पिओट्र जेलिनिस्कीले गोल गर्दै नापोलीलाई ३–० को जित दिलाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?