काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष कूटनीतिक उडान हिमालय एयरलाइन्सले सञ्चालन गरेको छ । नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरी प्रधानमन्त्री ओली सोमबार हिमालयबाटै जनवादी गणतन्त्र चीनको राजधानी बेजिङ प्रस्थान गर्नुभएको छ । भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक÷विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, मुख्य सचिव एकनारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरू र विभिन्न उद्योगका प्रतिनिधिहरू संलग्न छन् ।
हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योंग वायुयानमा स्वयं उपस्थित भई प्रधानमन्त्री ओली, श्रीमती राधिका शाक्य र प्रतिनिधिमण्डलका सदस्यलाई स्वागत गर्नुभएको थियो । सो अवसरमा हिमालय एयरलाइन्सका उपाध्यक्ष(प्रशासन) विजय श्रेष्ठले पनि बिदाइ गर्नुभएको थियो । उडानपछि उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हामीलाई सरकारको प्रमुखको आधिकारिक यात्राका लागि विशेष उडान सञ्चालन गर्ने अवसर प्राप्त हुनु ठूलो सम्मानको कुरा हो । हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारी सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसर प्रदान गरिदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौँ । साथै यस अवसरमा हामी विगतमा नेपाल सरकारको अनुरोधमा हामीले सञ्चालन गरेको काबुलको मानवीय उडानसमेत सम्झन चाहन्छौँ ।’
हिमालय एयरलाइन्सका अनुसार उक्त उडान दलमा वरिष्ठ क्याप्टेन हाओ दी(पाइलट इन कमाण्ड, उपाध्यक्ष- अपरेसन्स), क्याप्टेन रिवाजप्रसाद प्रधान र फस्र्ट अफिसर सागर श्रेष्ठ रहनुभएको छ । हिमालय जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ः१६ बजे उडेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच