एजेन्सी । बेल्जियम यौनकर्मी महिलालाई श्रम अधिकार दिने विश्वकै पहिलो राष्ट्र बनेको छ । नयाँ कानुन बनेपछि अब बेल्जियममा यौनकर्मीले स्वास्थ्य बीमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन् ।
बिबीसीका अनुसार, डिसेम्बर १ देखि लागू भएको यस कानुनमा यौनकर्मीलाई अन्य कर्मचारीसरह रोजगारी र सुरक्षा दिने प्रयास गरिएको छ । सन् २०२२ मा बेल्जियममा यौन कार्यलाई अपराधमुक्त घोषित गरिएको थियो । त्यसबेलादेखि देशमा यौनकर्मीलाई पनि सुरक्षा, रोजगारी, स्वास्थ्यलगायत अधिकार दिन माग हुँदै आएको थियो ।
बेल्जियमको नयाँ कानुनअनुसार, अब यौनकर्मीलाई यौन सम्पर्क गर्न अस्वीकार गरेमा तथा बिदा लिएको अवस्थामा कामबाट निकाल्न पाइने छैन । मानव अधिकारकर्मीले नयाँ कानुनको प्रशंसा गरेका छन् । हृयुमन राइट्स वाचका एरिन किल्ब्राइडले क्रान्तिकारी कदम भन्नुभएको छ । यौनकर्मीको सुरक्षाका लागि बेल्जियमले विश्वकै उत्तम कदम लिएको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच