काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक(एडिबी) बीच ऊर्जा क्षेत्रको विकासमा भएको पाँच दशक लामो साझेदारीका अवसरमा आयोजित साताव्यापी फोटो प्रदर्शनी आयोजना गरिएको छ । नेपाल कला परिषद् बबरमहलमा मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रदर्शनी फोटो पत्रकार क्लब नेपालको सहकार्यमा आयोजना गरिएको हो ।
कार्यक्रम उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, एडिबी नेपाल निवासी मिसनका देशीय निर्देशक अर्नोड काउचोइस र नेपालस्थित नर्वे राजदूतावासका डिप्टी हेड अफ मिसन तथा मन्त्रिपरिषद् सदस्य सुश्री क्रिस्टिन हाउग स्टोर्होल्टले संयुक्तरूपमा गरेका थिए ।
प्रदर्शनीले नेपाल सरकार र एडिबीबीच ऊर्जा क्षेत्रमा भएको पाँच दशकको साझेदारीका क्रममा गरिएको कार्यलाई प्रत्यक्षरूपमा दृश्यात्मकरूपमा अनुभव गराउने उद्देश्य राखेको छ । देशीय निर्देशक काउचोइसले विद्युत् उत्पादन, प्रसारण, वितरण, ऊर्जा आत्मनिर्भरता र निर्यात सम्भावना बढाउन नेपाल सरकारसँगको साझेदारीबारे विस्तृतमा चर्चा गर्नुभएको थियो भने प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले विशेषगरी ठूला जलविद्युत् परियोजना र वैकल्पिक नवीकरणीय ऊर्जा पहलमा बैंकले पु¥याएको सहयोगको सराहना गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच