सानिमाको शाखा सितापाइलामा

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले काठमाडौंको सितापाइलामा शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन शुक्रबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्तरूपमा गर्नुभयो ।

सो अवसरमा बैंकका अध्यक्ष पौडेलले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिने बताउनुभयो । साथै उहाँले अन्य स्थानमा पनि बैंकले शाखा विस्तार गर्दै ग्राहकले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको जानकारी गराउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गर्नुभयो । सानिमाले देशभर एक सय ३० कार्यालय र एक सय २२ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज सज्यालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?