भोजपुर । संखुवासभाको मादी नगरपालिका वडा नम्वर १ मा रहेको प्रहरी चौकी मंगलबारेको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले बुधवार प्रहरी चौकी भवनको उद्घाटन गर्नुभयो ।
कोशी प्रदेश सरकारको नियमित बजेट एक करोड ४४ लाख ३० हजार चार ३४ रुपैँयाको लागतमा अढाई तले भवन निर्माण भएको हो । नवनिर्मित भवनको उद्घाटन तथा निरीक्षण पछि बोल्नु हुदै प्रदेश प्रहरी प्रमुख खापुङले नव निर्मित भवन प्राप्त भएसंगै यस क्षेत्रमा बसोवास गर्ने आम नागरिकहरुमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा प्रहरीले प्रदान गर्ने सेवा थप प्रभावकारी हुने बताउनुभयो । बनेका संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्वर्धनर विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको प्रमुख खापुङको भनाई रहेको छ ।
सोक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकखापुङले प्रहरी चौकीलाई जग्गा उपल्वध गराउनु हुने जग्गादाता स्थानीय बुद्धी नारायण कार्की तथा भवन निर्माण कार्यमा सहयोग पुर्याउनु हुनेहरुलाई सम्मान गर्नुभयो ।
नव निर्मित भवनको उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर भौतिक पुर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरी डंगोलले भवन निर्माण सम्वन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने मादी नगरपालिकाका प्रमुख जीवन लिंथेप, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे लगायतले पनि आफनो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत प्रहरी कर्मचारीहरु, विभिन्न राजनैतिक दलका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज,स्थानियबासी, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच