काठमाडाैं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने लक्ष्य लिएको छ ।
शुक्रवार सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा अदालतले सो जानकारी गराएको हो । अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताउनु भयो ।
उहाँले ०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फर्छ्याैट गरिरहेको बताउनु भयो । उहाँले सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ अब हामीसँग ८ वर्ष पुरानो मुद्दाहरु १५४ थान मुद्दा बाँकी रहेका छन् । अब यसलाई असारसम्म जिरोमा ल्याउने लक्ष्य रहेको छ । हामीले बनाएको योजनाअन्तर्गत जसरी भएपनि ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेका छन् । यो आउने ०८२ सालको असार मसान्तसम्म त्यसलाई शुन्यमा झार्ने हो, ८ वर्ष पुराना मुद्दा नराख्ने हो । त्यसरी गएको हो हामी । जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेका छौँ ।’
अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा शुरु गरिएको बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच