स्याङ्जा । जिल्लास्तरीय शिक्षक विद्यार्थी वक्तृत्वकला प्रतियोगितामा काजिमान हरिटीका मावि पुतलीबजारकी छात्रा रीतिका केसी र त्रिभुवन आदर्श मावि पुतलीबजारका शिक्षक अमृत रेग्मी प्रथम हुनुभएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भएको 'शिक्षक विद्यार्थी प्रतिभा पहिचान' अन्तर्गत भएको उक्त प्रतियोगितामा विद्यार्थी तर्फ 'स्वस्थ जीवनका लागि योग' शीर्षकमा काजिमान हरिटिका माध्यमिक विद्यालयकी छात्रा रितिका के।सी। र शिक्षक तर्फ 'पाठयक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको प्रयोगमा शिक्षकको भूमिका' शीर्षकमा त्रिभुवन नमुना आदर्श माध्यमिक विद्यालयका शिक्षक अमृत रेग्मी प्रथम हुनु भएको हो । प्रथम हुन सफल दुवै जना गण्डकी प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट हुनुभएको छ ।
विद्यार्थीतर्फ द्वितीय स्थानमा भिरकोट नगरपालिका स्थित दहथुम माध्यमिक विद्यालयका छात्रा शशी अर्याल र तृतीय स्थानमा वालिङ नगरपालिका स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयका छात्र पोषकान्त लुइटेल भएका छन् ।
शिक्षकतर्फ वक्तृत्वकलामा द्वितीय स्थानमा बिरुवा गाउँपालिकास्थित अरनिको माध्यमिक विद्यालयका शिक्षक जीवन लामिछाने र तृतीय स्थानमा फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त शर्मा हुनुभएको छ ।
प्रतियोगिताकोे उदघाटन र प्रतियोगीलाई पुरस्कार प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तीले यस्ता प्रतियोगिताले विद्यार्थी र शिक्षकको ज्ञानको दायरा विस्तार हुनुको साथै नेतृत्वकलामा वृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख खड्कराज सुवेदी, सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको निर्णायकमा रामप्रसाद पाण्डे, इन्दु श्रेष्ठ र ऋषिराम पोख्रेल हुनुहुन्थ्यो ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशिक्षण अधिकृत दोर्णप्रसाद पनेरुले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच