
हेटौंडा । हेटौंडामा एक बालिकाको मृत्यु भएको छ।
हेटौडा -५ सिचाईटोल डेरा गरी बस्ने जिल्ला महोत्तरी एकडाँडा गाउँपालिका- ३ अजमरपटी घर भएको रामजी मण्डलको छोरी बर्ष ५ की सिरिशा कुमारी मण्डल ट्वाईलेट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार राती ट्वाईलेट जाने क्रममा ट्वाईलेटमा लडेर टाउकोको भित्री भागमा चोट लागी गम्भिर घाईते भएकी थिइन् ।
उनको उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।
शव सोही अस्पतालमा रहेको र घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच