
शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ खडकबहादुर खड्का र महिलातर्फ सन्तोषी श्रेष्ठले जित्नुभएको छ । शनिबार बाँकेको नेपालगञ्जमा भएको प्रतियोगितामा खडकले राजन रोकायालाई पछि पार्दै उपाधि जित्नुभएको हो । उपाधि जित्ने क्रममा खड्काले निर्धारित दूरी दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्नुभएको थियो ।
दोस्रो हुनुभएका रोकायाले निर्धारित दूरी दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा पूरा गर्नुभएको थियो । रोकाया खड्काभन्दा पाँच सेकेण्डले पछि पर्नुभएको हो । यस्तै, तेस्रो हुनुभएका सुशीलकुमार शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा दूरी पार गर्दा चौथो हुनुभएका सन्तोष विक्रम विष्टले दुई घण्टा ४४ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गर्नुभएको थियो ।
यसैगरी, महिलातर्फ हाफ म्याराथनको उपाधि जित्नुभएकी सन्तोषीले निर्धारित दूरी एक घण्टा १७ मिनेट ३० सेकेण्डमा पूरा गर्नुभएको थियो । दोस्रो हुनुभएकी पुष्पा भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेण्डमा पूरा गर्नुभएको थियो ।
यस्तै, तेस्रो हुनुभएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेण्ड र चौथो हुनुभएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेण्डमा पूरा गर्नुभएको थियो । नेपालगञ्ज म्याराथनको यो दशौँ संस्करण हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच