रौतहट । गत दुई हप्तामा रौतहटमा पानीमा डुबेर चार जनाको मृत्यु भएको छ ।
रौतहटका छुट्टाछुट्टै दुई दुर्घटनामा पानीमा डुबेर दुई हप्ता नबित्दै चार जनाको मृत्यु भएको हो ।
रौतहटको देवाही गोनाही नगरपालिका २ किरीयन लक्ष्मीनियाटोलास्थित बकैया नदीको छेउमा बाढीले बनाएको खाल्डोमा डुबेर दुई शिशुको मृत्यु भएको छ । बौधीमाई नगरपालिका ५ कोपवाटोल घर भई मामाघर आएका शेख मनाउल्लाहको ६ वर्षीया छोरी सबाना खातुन र उनकै ३ वर्षीय छोरा अब्दुल रहमानको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार साँझ खेल्दै माछा मार्न गएका दुवै अबोध शिशुको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
यस्तै गत मंसिर १४ गते गरुडा नगरपालिका २ गेडहीगुठीका दुई किशोरको लमाहा नदीको पानीमा डुबेर मृत्यु भएको थियो ।
दुई हप्तामै खोलाको पानीमा डुबेर जनाको मृत्यु भएपछि धेरै सतर्कता अपनाउनु पर्ने अभिभावकहरुको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच