
काठमाडौं । फोटो पत्रकार क्लब (पिजे क्लब)ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरी र कलाकार विजय बराललगायत विभिन्न स्कुल, कलेज तथा आमसर्वसाधारणले अवलोकन गरेका छन् ।
नेपालको ऊर्जा क्षेत्रको विकासमा एडिबी र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी भएको हो । अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएकोमा एडिबीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगमा निरन्तरता हुनेमा आशावादी रहेको बताउनुभयो । फोटो प्रदर्शनीले नेपाल सरकार र एडिबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत् प्रस्तुत गरेको र प्रदर्शनीले नेपालको ऊर्जा विकासमा एडिबीको भूमिका स्पष्टसमेत पारेको उहाँको भनाइ थियो ।
हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले प्रदर्शनीबाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडिबीले पुर्याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडिबीको भूमिका उजागर गरेको बताउनुभयो । स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरीले नेपालको ऊर्जा विकासमा एडिबीको सहयोगको पाटोलाई फोटो प्रदर्शनीले छोएको बताउनुभयो । आयोजकका अनुसार प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार भागमा विभाजन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच