मुगु । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानहरुमा हिमपात भएको छ । उच्च पाटन लेकाली बस्तीमा १ फिटबराबर हिउँ जमेको छ ।
गएराति परेको हिउँ यस वर्षको पहिलो पटक परेको हो । गत बर्ष पुस पछि मात्रै पहिलो पटक हिउँ परेको थियो ।
सोमबार बिहानैदेखि मौसममा बदलीभइ दिउँसो तिर उच्च भूभाग र पर्यटकीय स्थल रारामा पनि हिउँ परेको छ ।
हिमपातपछि रारा ताल वरिपरि पुरै सेताम्मे देखिएको छ । ताल वरिपरि चाँदिको घेरा जस्तै सुन्दर बनेको छ । स्वर्गकी अप्सरा उपनाममा चिनिने रारा साँच्चिकै अप्सरा जस्तै टल्किएको छ । खुल्ला आकाश जस्तै निलो सुन्दर मनोरम बनेको छ । स्थानीयबासी रारामा हिउँ खेल्न पुगेका छ्न् ।
रारासँगै जिल्ला दर्जनौं बस्ती, लेक पाटन मुगुम कार्मारोङ्ग गाउपालिकामा पर्ने यार्सा पाटनहरु , कोइकी हिमाल मुगुगाउँ , डोल्फु, किम्री, तखा, खारी, चितै, सेरोग दाउरा, रिउस पापु,छाइल, पुव, मह, माङ्ग्री लगायत दर्जन बढी गाउँ बस्तिमा गएरातिदेखी लगातार हिमपात भएर हिउँ जमेको छ ।
छायानाथ रारा नगरपालिकाका बाम, रोवा, झाकोट, तल्लेख, सोबा, मुन्दु, कोटिल्ला, घुच्चीलेक, भुल्भुले, पिना, झ्यारी, टोप्ला, मुर्मा, लगायत दर्जनौं गाउँ बस्तिमा हिउँ परेको थियो ।
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल रारा र मुर्माटप, चंखेली हिमालमा हिउँ जमेको छ । र चिसो पनि अत्याधिक बढेको छ । गत रातिदेखि लगातार रारा ताल र आसपासका ठाउँहरुमा हिउँ परिरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
खत्याड गाउँपालिकाका खेस्मालिका, खमाले, कोटिल्ला, भागोटी, निगालिबोट, साट्बाडा, जम्फै, बाउपानी, जोगिलेख, रोल, सैन, गम्था, श्रीकोट, जिउका, कर्खा, जामिर, राष्कोटीबाडा, नखर्जी लगायत गाउँमा हिउँ परेको छ ।
सोरु गाउँपालिकाको सोरुकोट, पोग्री, नेर, फोतु रुम, कालैलेक लगाय्त थाउमा हिमपात र पानी परेकोछ ।
माघ तेस्रो सातामा भएपनि हिमपात हुन थालेपछि हिउँदे बाली गहुँ, जौ लगायत हिउँदे बालीमा समेत राहात हुनेभएको छ । मंसिरको अन्तिम तिर हिउँ परेकाले कृषक पनि उत्साहीत भएका छ्न् ।
त्यस्तै, हिमामा पाउने यार्सा, जडिबुटीहरु पनि वृद्धि ,गुणस्तरको हुने भन्दै कृषक तथा जडिबुटी व्यापारीहरु खुशी भएका छन् ।
लामो समय सम्म बर्षा र हिमपात नहुदा धुलो, धुवा बाताबरण प्रदुषण जस्ता कारणले गाउँ बस्तीमा रुघाखोकी फैलिएको स्थानीय बताउँछ्न् । वर्षा र हिमपातसंगै बिस्तारै रुघाखोकी हराउँदै जाने बिश्वास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच