नयाँदिल्ली । भारतीय ग्रान्डमास्टर गुकेश डोमाराजु सबैभन्दा कान्छो विश्व चेस च्याम्पियन बन्नुभएको छ । उहाँ क्लासिकलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन डिङ लिरेनलाई पराजित गर्दै नयाँ विश्व च्याम्पियन बन्नुभएको हो । सिंगापुरमा आयोजित च्याम्पियनसिपमा गुकेश १८ वर्षको उमेरमै विश्वविजेता बन्नुभएको हो ।
जित हात पारेसँगै उहाँले रसियन ग्रान्डमास्टर ग्यारी कास्पारोभ (२२ वर्ष) को रेकर्ड तोड्दै सबभन्दा कान्छो विश्व च्याम्पियन हुनुभएको हो । क्यान्डिडेट्स टुर्नामेन्ट २०२४ को विजेता हुँदै च्यालेन्जरका रूपमा लिरेनविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर पाउनुभएका गुकेश विश्व चेस च्याम्पियन बन्ने दोस्रो भारतीय खेलाडी पनि हुनुहुन्छ । विश्वनाथन आनन्द भारतका पहिलो विश्वविजेता हुनुहुन्छ ।
विश्व च्याम्पियनको उपाधिसँगै गुकेशले ठूलो धनराशि पनि हात पार्नुभयो । कुल २५ लाख अमेरिकी डलरको च्याम्पियनसिपमा गुकेशले १३ लाख ५० हजार डलर प्राप्त गर्नुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच