काठमाडौं । गीतकार दयाराम पाण्डेयको शब्द रचना रहेको गीत ‘सम्झना’ श्रोता/दर्शकमाझ आएको छ । इण्डियन आईडल–३ का उपविजेता अमित पलको स्वर रहेको उक्त गीत सोमबार श्रोता÷दर्शकमाझ आएको हो । गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।
छिट्टै नै सांगीतिक कार्यक्रमको शिलशिलामा नेपाल आउन चाहेको र नेपाली दर्शक श्रोताहरूसँग साक्षात्कार गर्न आफू निकै नै उत्सुक भएको उहाँले बताउनुभएको छ । ‘यो गीत शब्द संगीतका हिसाबले निकै नै उत्कृष्ट रहेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई सुनेर र यसको भिडियो हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।’ कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन र मिक्सिङ छ । सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादन र कलर ग्रेडिङ रहेको यो गीतको भिडियोलाई विशाल गुरुङले निर्देशन गर्नुभएको हो । भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जनलाई फिचरिङ गरिएको छ ।
ए.बि.म्युजिक क्रिएशनको प्रस्तुति यस गीतको रोचक पक्ष के छ भने यसका रचनाकार दयाराम पाण्डेय काठमाडौंमा बस्नुहुन्छ, त्यस्तै गायक अमित पल सिलिगुढी भारतमा र संगीतकार कृष रिजाल कोलोराडो अमेरिकामा बसोवास गर्दै आउनुभएको छ । गीतको रेकर्डिङ स्ट्रिंग्रस स्टुडियो दार्जिलिङमा गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच