
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम पुरस्कार जित्न सफल हुनुभएको छ ।
शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उहाँले दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको हो । प्रतियोगितामा पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै एक लाख रुपैयाँ पुरस्कार जित्नुभयो भने तेस्रो स्थानमा रसियाबाट सहभागी समिरा केसीले ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कारबापत ३० हजार रुपैयाँ जित्नुभयो ।
प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो । निर्णायक मण्डलमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र पूर्वमिस नेपाल सुगरिका केसी रहनुभएको थियो ।
एनसीसी इजरायलका अध्यक्ष कृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विदेशमा रहेका नेपालीहरूलाई एउटै मञ्चमा ल्याउनुका साथै भविष्यमा अगाडि बढ्न थप हौसला प्रदान गरेको बताउनुभयो ।
यस्ता कार्यक्रमले सहभागीको वक्तृत्व क्षमता प्रदर्शन गर्न र नेपाली भाषा-संस्कृतिको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष डा.बद्री केसीले बताउनुभयो । उहाँले सम्पूर्ण विजेतालाई बधाई दिँदै नयाँ पुस्ताका गैरआवासीय नेपालीहरूको उत्साहपूर्ण सहभागिताप्रति खुशी व्यक्त गर्नुभयो ।
एनसीसी इजरायलले आफ्नो १७औं वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए भने दुई जना अतिथि वक्ताहरू ओजश्वी आचार्य र पेन्सा रेग्मी रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच