काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्न लागिएको बताउनुभएको छ । मन्त्री खड्काले नेपालभित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् खरिद गर्न लागिएको बताउनुभएको हो । मन्त्री खड्काले हिँउदमा विद्युत् आपूर्ति सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने सहमति भएअनुरूप पुस महिनादेखि नै खरिद गरिने बताउनुभयो । उहाँले गत वर्षको बाढीले जलविद्युत् आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीका कारण लोडसेडिङ हुन नदिनका लागि भारतसँग विद्युत् पुस महिनाबाट खरिद गर्न लागिएको बताउनुभयो ।
उहाँले सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको बताउनुभयो । मन्त्री खड्काले गत वर्षको भन्दा साढे तीन सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताउनुभयो । उहाँले बेलुका साँझको बेला भारतले चार घण्टा दिन सक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताउनुभयो । उहाँले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताउनुभयो । उहाँले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भए पनि सकेसम्म हुन नदिने योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भारत भ्रमणको समयमा भारतका मन्त्री र सचिवसँग बृहत् छलफल भएर सुक्खायाममा साढे ६ सय मेगावाट विद्युत् खरिद गर्ने निर्णय भयो । गत वर्षको बाढीले जलविद्युत् आयोजनाहरूमा धेरै क्षति भयो । क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएका छौँ । विद्युत् माग र आपूर्तिको विषयमा सरकारले हिसाब गरेको छ । गत वर्षको भन्दा साढे तीन सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने छ । सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएका छौँ । बेलुका साँझको बेला भारतले चार घण्टा दिन सकिँदैन भनेको छ । भारतका ऊर्जामन्त्री नेपालमा आउने कुरा छ । उहाँ आएको बेला नेपालको माग र आपूर्तिलाई हिसाब गरेर दुर्ई घण्टामा छोट्याउन सक्छौँ । यसरी विद्युत् माग र आपूर्तिलाई सम्बोधन गर्ने गरी तयारी छ । केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ । तर, विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौँ । हामीले नौ सय मेगावाटसम्म आपूर्ति गर्ने गरेका थियौँ । साढे ६ सय मेगावाट आपूर्ति गर्ने भयौँ । नेपालभित्रै साढे तीन सय मेगावाट थप हुने भयो । यसले विद्युत् सप्लाईलाई खासै ठूलो असर पर्दैन ।’
उहाँले भारतबाट नेपालले नौ सय मेगावाटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावाट आपूर्ति गरिने बताउनुभयो । उहाँले नेपालभित्रै साढे तीन सय मेगावाट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच