काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धतासाथ सिनर्जी आयोजना गरेको हो । सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत बहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेसँग छलफल गरिएको थियो ।
छलफलमा अध्यक्ष अग्रवालले नेपालको बदलिँदो व्यावसायिक परिवेश सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको भन्दै युवा उद्यमीको नवप्रवर्तनशील सोच र दृढताले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मुलुकमा उद्यमीका लागि धेरै अवसर रहेकाले त्यसको पहिचान गरी अघि बढ्न पनि उहाँले युवा उद्यमीहरूलाई सुझाव दिनुभयो । स्पष्ट दृष्टिकोण र योजनासाथ अघि बढ्दा व्यावसायिक जीवनमा सफलता हासिल हुने उहाँको भनाइ थियो ।
निवर्तमान अध्यक्ष अग्रवालले व्यावसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौती सामना गर्नुपर्ने अनुभव सुनाउँदैै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको उहाँले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले युवा नेतृत्व भविष्यका लागिमात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको भन्दै व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघले त्यसका लागि निरन्तर काम गरिरहेको बताउनुभयो । सिएनआइवाइइएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताको अनुभव, भोगाइ र सिकाइ युवा उद्यमीका लागि महतवपूर्ण भएकाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सन् २००५ मा स्थापित सिएनआइवाइइएफले उद्यमीको प्रवद्र्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच