काठमाडौं । नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
पार्टीको पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो ।
स्थायी कमिटीको बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताउनु भयो ।
उहाँकाअनुसार सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने छ ।
यस्तै पार्टीलाई जनतासँग जोड्नको लागि पार्टीले विभिन्न अभियानहरु चलाउने निर्णय पनि गरेको उहाँले बताउनु भयो ।
साथै उहाँले महासचिवको नेतृत्वमा उपमहासचिवसहित केन्द्रीय कार्यालय गठन गरेको पनि बताउनु भयो।
कार्यविभाजनको विषयमा आएको प्रस्तावमा अध्ययन गरि दुई दिनपछि टुंग्याउने उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच