भरूवा बन्दुकसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

मकवनापुर । बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रासहित प्रहरीले पक्राउ गरेको छ ।

नेसुरले आफ्नो घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त हातहतियारसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?