रोम । युभेन्ट्सले इटालियन कपको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राती काग्लियारीमाथि ४-० को जित हासिल गर्दै युभेन्ट्सले क्वाटरफाइनलमा स्थान बनाएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन डुसान भ्लाहोभिक, टियुन कोप्मेइनर्स, फ्रान्सिस्को कोन्सेइकाओ र निको गोन्जालेजले गोल गर्नुभयो । खेलको ४४औँ मिनेटमा भ्लाहोभिचको गोलमार्फत् युभेन्ट्सले अग्रता लिएको थियो । ५३औँ मिनेटमा कोप्मेइनर्सले टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
कोन्सेइकाओले टोलीका लागि तेस्रो गोल गर्नुभयो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोन्जालेजले युभेन्ट्सलाई ४-० को सहज जित दिलाउनुभयो । यसअघि च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै राम्रो प्रदर्शन गरे पनि युभेन्ट्स घरेलु लिगमा लगातार चार खेल बराबरीमा रोकिएको थियो । शनिबारमात्र भेनेजियासँग बराबरी खेलेपछि लिगमा आफूलाई पुनः सन्तुलनमा ल्याउन संघर्षरत थियो । तर, यो जितसँगै युभेन्ट्सले कप फुटबलमा आफ्नो पकड बलियो बनाउँदै आत्मविश्वास बढाएको छ । क्वाटरफाइनलमा एम्पोलीविरुद्धको खेलमा युभेन्ट्स उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।
डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले अब फेब्रुअरीमा एम्पोलीको सामना गर्ने छ । एम्पोलीले यसै महिनाको सुरुवातमा फियोरेन्टिनालाई पेनाल्टीमार्फत् पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच