काठमाडौं । नेपाली पर्यटन व्यवसायीका लागि छमहिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा भएको तालिम नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटकहरूसँग अझ प्रभावकारीरूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको हो ।
आयोजकका अनुसार यस वर्षको कार्यक्रममा जम्मा एक सयजना सहभागी भर्ना भएका थिए । जसमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्डअनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । प्रशिक्षित सहभागीहरू अब नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको बढ्दो चाप सम्बोधन गर्न सक्षम हुने बताइएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भन्नुभयो, ‘भाषा पर्यटन व्यवसायमा प्रभावकारी सेवा र आतिथ्यको आधार हो यस्ता कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी बनाउन योगदान पुर्याउँछ ।’
त्यस्तै चिनियाँ नियोग उपप्रमुख सिनले नेपाल र चीनबीचको गहिरो सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्ध कार्यक्रमले अझ सुदृढ बनाउने बताउनुभयो । कार्यक्रमको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, चिनियाँ दूतावासका मिसन उपप्रमुख वाङ सिन र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिशचन्द्र शाहलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच