नवलपरासी । ‘कला, संस्कृति, उद्योग र व्यापार, समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने नाराका साथ पश्चिम नवलपरासीको बर्दघाटमा आठौँ बर्दघाट महोत्सव आयोजना हुने भएको छ । पुस ८ गतेदेखि १८ गतेसम्म हुने मेला बर्दघाट उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गर्न लागेको हो । संघका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकार सम्मेलनमार्फत् मेलाबारे जानकारी गराउँदै बर्दघाट नगरलाई कृषि, पर्यटन, संस्कृति र औद्योगिक नगरका रूपमा स्थापित गर्न तथा उपभोक्तालाई नगरभित्रै किनमेल गर्न अभिप्रेरित गर्न मेलाले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि उत्पादन, पर्यटन प्रवद्र्धन, सांस्कृतिक संरक्षण र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव गर्न लागेका छौँ ।’
महोत्सव दुर्ई लाखले अवलोकन गर्ने र तीन करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको बर्दघाट उद्योग वाणिज्य संघका महासचिव गंगा पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार महोत्सव सञ्चालन गर्न करिब ६० देखि ७० लाख रुपैयाँ खर्च हुने अनुमान छ । उहाँका अनुसार महोत्सवमा कृषिजन्य, लत्ताकपडा तथा खाद्यान्नसहित दुई सय ५० स्टल रहने छन् ।
दैनिक उपभोग्य वस्तु, लघु घरेलु उत्पादन, जडीबुटी, कृषि उत्पादन, शैक्षिक तथा स्वास्थ्य सामग्री, होटल तथा रेस्टुरेन्टका सेवा, बाल उद्यान र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति महोत्सवका मुख्य आकर्षण हुन् । त्यसबाहेक ‘आर्टिफिसियल फिस टनेल’ पनि प्रमुख आकर्षणका रूपमा रहने संघले जनाएको छ ।
महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ तोकिएको छ । परिचयपत्र भएका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । संघका अनुसार महोत्सवले बर्दघाट नगर र सरावल गाउँपालिकामा रहेका लघु घरेलु उद्योग र स्थानीय व्यवसायलाई प्रोत्साहन गर्दै आर्थिक चहलपहल बढाउने विश्वास गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच