
काठमाडौं । रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा रियल म्याड्रिडले मेक्सिकोको पाचुवालाई ३–० ले हराएको हो।
कतारको लुसाइल रङ्गशालामा भएको खेलमा रियलका लागि पहिलो हाफमा केलिएन एम्बाप्पेले गोल गरेका थिए। सोही रङ्गशालामा दुई वर्ष अघि भएको विश्वकप फुटबलको फाइनलमा एम्बाप्पेले ह्याट्रिक गरेका थिए।
रियलका लागि दोस्रो हाफमा रोड्रिगो र भिन्सियस जुनियरले गोल गरे। एम्बाप्पेले भिन्सियसको सहयोगमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको सातौँ मिनेटमा रोड्रिगोले गोल गरे। प्राप्त पेनाल्टीलाई उपयोग गर्दै भिन्सियसले तेस्रो गोल गरे। फिफा क्लब विश्वकपलाई प्रतिस्थापन गर्दै इन्टरकन्टिनेन्टल कप प्रतियोगिताको सुरुवात भएको हो।
५ वटा महादेशीय च्याम्पियनको प्रतियोगितामा सहभागिता रहनेछ। पाचुवा मेक्सिकोको च्याम्पियन हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी रियलका जुनियर भए। उनी नै शीर्ष गोलकर्ता समेत भए।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच