रुपन्देही । कालिका मानवज्ञान माविको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस दिवसको अवसरमा विहिबार जिल्ला स्तरिय कविता प्रतियोगीता र चौथो कालिका सिंगिङ आईडल सम्पन्न भएका छन् ।
विद्यालयमा आयोजना गरिएको स्व.शेरबहादुरगुरुङ स्मृति अक्षयकोषबाट सञ्चालित जिल्ला स्तरीय कविता प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कुलका पवन अधिकारी प्रथम भएका छन् । उनले नगद १३ हजारसमेत प्रप्त गरे । यस्तै कालिका मानव ज्ञान माविकी मनिषा पराजुली द्वितीय भईन् । उनले ९ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन् ।
न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलका विशेषजन कार्की तृतीय भए । उनले ७ हजार सहित प्रमाणपत्र प्राप्त गरे । क्यानन बोर्डिङ स्कुलका वसन्त यादव चतुर्थ स्थान हासिल गर्दै नगद ४ हजार रुपैयाँ प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकपाल प्रमुख विवेकराज पोखरेलले जानकारी दिनुभयो ।
यस्तै कालिका मानवज्ञान मावि मा अध्यायनरत विद्यार्थीहरु मध्ये बाट उत्कृष्ट १० जनाको विचमा गरिएको चौथो कालिका सिंगीङ्ग आइडलको उपाधी भने प्रीया खत्रीले प्राप्त गरिकी छिन् । उनले नगद १८ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरिन् । स्व.मन्दिरा गलामी अक्षयकोषबाट कालिका सिंगिङ आइडल आयोजना गरिएको हो । आइडलमा सागर श्रीपाली द्वितीय हुँदै नगद १२ हजार सहित पुरस्कृत भए ।
विवेक खराल तृतीय हुदै ८ हजार र उपमा पाण्डे चतुर्थ स्थान हासिल गर्दै ५ हजार नगद प्राप्त गरिन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम गलामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार तथा प्रदेश सकारका शिक्षा विज्ञ दलबहादुर गुरुङ, अक्षयकोष दाताका प्रतिनिधि अशोक गुरुङ र गिरिप्रसाद गलामी लगायतको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कविता प्रतियोगीतामा २० वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख एवं कार्यक्रम कार्यक्रमका संयोजक विवेकराज पोखरेलले गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक दिनेश थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सिन्धुली कला केन्द्रका नौमती बाजा समूहको उत्कृष्ट प्रस्तुति समेत रहेको थियो ।
सिगिङ्ग आइडलको निर्णायक गीतकार एवं संगीतकार दीपक श्रेष्ठ र तेजु अर्याल रहेका थिए भने जिल्ला स्तरिय कविता प्रतियोगिताको निर्णायकमा बरिष्ठ साहित्यकार कवि समालोचक ऋषिराम भुसाल र बरिष्ठ अधिवक्ता साहित्यकार दिल साहानी रहनु भएको थियो।
यस्तै विहिबार छात्रातर्फको भलिवल प्रतियोगीमा पहिलो खेल एभरेष्ट मावि र दिप माविका विचमा भएको ३–० ले एभरेष्ट मावि विजयी भएको छ । यस्तै दोस्रो कान्ती मावि र न्यु होराईजन का विचमा भएकामा होर्राजन मावि ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।यस्तै कालिका मावि र नविन माविका विचमा भएकोमा कालिका ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै छात्रा तर्फ नै कुवरवर्ती मावि र बुद्ध पब्लिकको विचमा भएकोको प्रतिस्पार्धामा ३–० सेटले कुवरवर्ती विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
छात्र तर्फ न्युहोराईजन मावि र पब्लिक माविका विचमा भएकोमा न्यु होराईजन विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै कालिका मावि र दिप माविका विचमा भएकोमा कालिका मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै जनज्वोति मावि र नविन औद्योगीक माविका विचमा भएकोमा जनज्वोति मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै कान्ती मावि र मणिमुकुन्दको विचमा भएकोमा मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै नविन मावि र जनज्वोतिको विमा भएकोमा जनज्वोति मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
कबड्डी तर्फ पहिलो खेलमा न्यु होराईजन मावि, दोस्रोमा नविन औद्योगीक मावि, तेस्रोमा मणिमुकुन्द मावि, चाथौमा न्यु होराईजन मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । । यस्तै पाचौ खेलमा होराईजन जिविएस विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच