कालीकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाटै विद्यालयको प्रधानाध्यापक छनोट प्रक्रिया सुरु गरेको छ । सामुदायिक बिद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने विधि प्रयोगमा ल्याएको हो ।
यसअघि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक नियुक्त गर्ने परिपाटीका कारण विद्यालय विवादमा तानिने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न हानथाप गर्ने परिपाटीका कारण खुल्ला प्रतिस्पर्धा अवलम्बन गर्ने गाउँपालिकाले लिएको थियो ।
यस्तै सिकाई र सुझावका आधारमा प्रस्तावित शिक्षा ऐनमा पनि संघीय सरकारले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने व्यवस्था गरिएको छ ।
सान्नी त्रिबेणी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको छ । खस्किँदै गएको शैक्षिक गुणस्तर र सामुदायिक विद्यालयको व्यवस्थापनका लागि पालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको हो । यसरी प्रधानाध्यापक चयन गरेपछि सामुदायिक विद्यालयको सिकाई उपलब्धी र सामुदायीक विद्यालयको व्यवस्थापनमा सुधार आउने गाउँपालिका शिक्षा शाखा प्रमुख मोहनबीर धामीले बताउनुभयो ।
शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने व्यवस्था भए पनि गाउँपालिकाले स्थानीय सरकारको शिक्षा ऐन बनाएर कार्यपालिकामा पास गरेपछि विद्यालय शिक्षा सुधार गर्ने प्रमुख विकल्प प्रशासन रहेको भन्दै विद्यालय प्रशासनको सुधारका लागि प्रधानाध्यापक परीक्षा प्रणालीवाट चयन गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो ।
खुला परिक्षा प्रणालीबाट छनोट गरीएका प्रधानाध्यापकलाई कामकाजमा खटाएपछि बाँकी रहेका विद्यालयमा पनि दशैं लगत्तै खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिने गाउँपालिकाले जनाएको छ । सरकारले छुट्टै कार्यविधि बनाई स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष केसीको भनाइ छ ।
प्रधानाध्यापकका लागि योग्यता, अनुभव, विद्यालय विकास प्रस्ताव, लिखित र मौखिक लगायतलाई आधार मानेर जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुखको सहभागितामा परीक्षा लिएको हो । पालिकाभरी माध्यामिक र आधारभूत गरि ३० विद्यालयमा प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट चयन हुँने जनाइएको छ ।
पहिलो चरणमा भएको विज्ञापनमा आधारभूत गरि ३४ जना परिक्षामा आवेदन दिएको भए पनि २७ जना मात्र सामेल भएकोमा ५ जना मावि र ६ जना आधारभूत तहमा सफल भएका छन् ।
प्रधानाध्यापक हुनलाई राहत र स्थायीमा कार्यरत भएको, कार्यसम्पादन र लिखित मौखिक अन्तरवार्तामा सफल भएको व्यक्ति हुने व्यवस्था गरिएको छ । आधारभूत तहका लागि शिक्षा शास्त्र बिषयमा कम्तीमा स्नातक र माध्यमिक तहका लागि शिक्षा शास्त्रमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण भएर शिक्षक पेशामा राहत अथवा स्थायी भएको व्यक्ति प्रधानाध्यापक हुन पाउने कानुनी व्यवस्था अनुसार परीक्षा लिएको शिक्षा शाखा प्रमुख मोहनबीर धामीले बताउनुभयो स्थानीय तहमार्फत प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छान्ने व्यवस्था राम्रो भएको भन्दै साााजिक सञ्जालमा प्रशंसा हुन थालेको छ ।
सामुदायिक विद्यालयको शिक्षण सिकाइ र गुणस्तर सुधार गर्न तथा व्यवस्थापकीय पक्ष राम्रो बनाउन स्थानीय तहले प्रधानाध्यापक चयन गर्नु परेको जनप्रतिनिधिहरुले बताउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच