काठमाडौंमा यसरी गरियो इस्वी संवतको नयाँ वर्ष २०२३ लाई स्वागत

मानवसेवा आश्रमको आयोजनामा शनिबार राती काठमाडौँको भृकुटीमण्डपमा भएको मानवताका लागि सङ्गीत ‘नेपथ्य लाइभ कन्सर्ट’मा गायक अमृत गुरुङ गीत प्रस्तुत गर्दै ।

Read Time = 5 mins

काठमाडौं । विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत्को नयाँ वर्ष २०२३ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियालीका साथ मनाइएको छ ।

गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु भएको छ । यस अवसरमा शुक्रबार बेलुकीदेखि नै मानिसहरू नयाँ वर्ष मनाउन भेला भएका थिए ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

  • नेपथ्यमा एमाले अध्यक्ष केपी ओली

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । विश्वका मुख्य मुख्य काम इस्वी संवत्अनुसार नै गरिन्छ ।

  • नेपथ्यमा कांग्रेस महामन्त्री गगन थापा

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । यी स्थानमा आज पनि धेरै मानिस जम्मा भएर नयाँ वर्ष मनाएका छन् । विभिन्न देशबाट भ्रमणका क्रममा नेपाल आएका विदेशी नागरिक पनि नयाँ वर्ष मनाउने कार्यक्रममा सरिक भएका थिए ।

राजधानीका ठमेल, नयाँसडक, बौद्ध, स्वयम्भूलगायत स्थानमा आज बेलुकीसम्म पनि नयाँ वर्षमा रमाउनेको भीड देखिन्छ ।

ठमेलमा नयाँ बर्षकाे रमझम तस्वीरमा हेर्नुहाेस्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?