काठमाडौं । आगामी जेठ ६ गतेबाट चलचित्र ‘लाइफ इन एलए’ प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रको ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । दुई मिनेट ५५ सेकेण्ड लामो टेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार–चढाव र विदेशमा बस्ने नेपालीको लाइफ स्टाइल समावेश गरिएको छ ।
त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गर्नुभएको हो । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रूपमा हुनुहुन्छ । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुनुहुन्छ ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । यो चलचित्र अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भइसकेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र