ओखलढुंगा । ‘विराज पिटर हाजिरीजवाफ प्रतियोगिता २०८१’ भएको छ । विराज समाजले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालय स्तरीय ‘विराज पिटर हाजिरीजवाफ प्रतियोगिता २०८१’ सिद्धिचरण नगरपालिकाको सहकार्य, सहयोग र समन्वयमा जालपा मावि.ओखलढुंगामा सम्पन्न भएको हो ।
प्रतियोगितामा चम्पादेवी मावि सल्लेरी प्रथम, सनराइज बोडिङ स्कुल दोस्रो र लाली गुराँस र्बाेडिङ स्कुल तेस्रो भएको थिए । विजेतलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद रुपैयाँसहित प्रमाण पत्र एवं मेडल प्रदान गरिएको थियो । प्रतियोगितमा सान्त्वना हुने पुण्यमाता माविलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।
यस्तै सहभागी विद्यालयलाई सहभागिताको प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनालले प्रदान गर्नुभएको थियो । उक्त प्रतियोगिताको सहआयोजकमा जालपा मावि ओखलढुंगा रहेको थियो । प्रतियोगितामा १७ विद्यालयको सहभागिता थियो ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेत, विराज समाजका अध्यक्ष रामप्रसाद दाहाल, सल्लाहकार केशव दाहाल, निर्वतमान अध्यक्ष दिनेशकुमार मगर, कोषाध्यक्ष नरबहादुर कटवाल, आजीवन सदस्य ओम खत्री, अम्बिका श्रेष्ठ, कर्णबहादुर खत्री, सिद्धिचरण नगरपालिका-११ का वडाध्यक्ष विनोद तामराकार, वडा नं ६ का वडाध्यक्ष मेखबहादुर मगर वडा नं. ७ का वडाध्यक्ष भलबहादुर कटवाल, वडा नं.१ का वडाध्यक्ष तीर्थ घिमिरे, सिद्धिचरण नरपालिका शिक्षा शाखा प्रमुख फणिन्द्र कटवाल, जालपा मावि ओखलढुंगाका प्रअ रत्न कार्की, सागरमाथा जनता मावि प्रअ डिल्ली कार्की तथा सहभागी विद्यालयका प्रअ तथा शिक्षक प्रतिनिधिको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच