
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक बी डिभिजन लिगको मिति सरेको छ । यसअघि माघ १३ गतेबाट सुरु गर्ने भनिए पनि बी डिभिजन क्लबहरूले समयमा नाम दर्ता नगरेपछि नयाँ मिति तोकिएको हो ।
एन्फा पदाधिकारी र बी डिभिजन क्लबका पदाधिकारीहरूबीच भएको छलफलपछि फागुन २५ गतेदेखि बी डिभिजन लिग सुरु गर्न क्लबहरू सहमत भएको एन्फाले जनाएको छ ।
केही क्लबहरूको कागजपत्र बाँकी रहेकाले आइतबारसम्म बुझाउनका लागि समय दिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । यसअघि पाँच क्लबले मात्र नाम दर्ता गरे पनि अन्य क्लबहरूले दर्ता गराएका थिएनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच