
ताप्लेजुङ । ताप्लेजुङको दोभानमा सम्पन्न पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तरजिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । अघिल्लो वर्षको विजेता झापाको पाथीभरा टाइगर भलिबल क्लबलाई तीन-शून्यको सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि चुमेको हो ।
झापामाथि भोजपुरले २५-२१, २५-१६ र २५-२३ को अंकमा जित निकालेको थियो । उपाधि जितसँगै भोजपुरले तीन लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । त्यस्तै उपविजेता बनेको झापाले एक लाख ७५ हजार रुपैयाँ नगद र ट्रफी, पदक तथाा प्रमाणपत्र प्राप्त गर्यो । सेमिफाइनलमा संखुवासभाको सभापोखरीलाई २५-२३, ३०-२८ र २५-२१ को सेटमा पराजित गर्दै भोजपुर फाइनल पुगेको थियो ।
त्यस्तै मुकेश मेमोरियल क्लब ताप्लेजुङलाई २५-१९, २५-२१ र २५-१९ ले पराजित गर्दै झापा फाइनलमा पुगेको थियो । प्रतियोगितामा भारत, सिक्किमको नाम्चे भलिबल क्लबसहित सात टोलीको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच