२०२४ मा जलवायु परिवर्तन प्रभावहरू अत्याधिक : विज्ञहरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार (सन् २०२४) रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ । समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरू अत्याधिक रहेको बताएका छन् ।

संसारभरि जीवन र जीविकोपार्जनको ठूलो क्षति भएको विज्ञहरुको भनाइ छ । डब्ल्यूएमओका अनुसार लामो र गम्भीर गर्मीको लहरले हरेक महादेशमा असर गरेको छ । अक्टोबरमा, विनाशकारी डाना आँधीले स्पेनमा ठूलो क्षति गरेको र २ सय भन्दा बढीको मृत्यु भएको थियो ।

पोल्याण्ड, अस्ट्रिया, चेक रिपब्लिक र रोमानिया जस्ता देशहरूले पनि विनाशकारी बाढीको अनुभव गरेका छन् । विज्ञहरूले युरोपमा बढ्दो चरम मौसम जलवायु परिवर्तनको बढ्दो प्रभावको चेतावनी संकेत भएको बताएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?