काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथासंग्रह ‘दृश्य प्रलेख’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, लेखक तथा प्रज्ञा अमर न्यौपाने, लेखक तथा प्रहरी नायब महानिरीक्षक रविन्द्र केसी, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, लेखक तथा समालोचक सुमन वर्षा र लेखक/प्रकाशक पुष्पराज पौडेलद्वारा संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरिएको हो ।
समिक्षक वर्षाले कथासंग्रहमा महिला पात्रलाई सशक्त र अधिकार सम्पन्न रूपमा प्रस्तुत भएको प्रत्येक कथाहरूले पाठकलाई नयाँपन दिने बताउनुभयो । समिक्षक बानियाँले प्रत्येक कथाका पात्र र प्रस्तुतिहरू नौलो रहेको, साँच्चिकै किताब पढेर पुरस्कृत हुनेभए यो किताब हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले किताब पढ्दा कुनै खोट लगाउने ठाउँ नभेटेको सुनाउनुभयो ।
मदन पुरस्कार विजेता लेखक न्यौपानेले कथाहरू पढ्दा नयाँपन र रोमाञ्चित लागेको र लेखकको पहिलो संग्रह नै यति राम्रो हुनुमा लेखकको मिहिनेत स्पष्ट देखिएको बताउनुभयो । लेखक तथा प्रहरी नायब निरीक्षक रविन्द्र केसीले आपूm कथाकारसित कथा लेखनको बेलादेखि सँगै रहेको र उहाँको कथा लेखनले प्रभाव पारेको बताउनु भयो ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रहरीभित्र पनि सिर्जनात्मक पक्ष रहेको र गोपालचन्द्र यसको उपलब्धि रहेको भन्दै प्रहरी सेवा र लेखन क्षेत्रमा सफलताको कामना गर्नुभयो । यस कथासंग्रहलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच