दिल्लीमा कोभिड-१९ को संक्रमण शून्यमा झर्यो

हिमालय टाइम्स
Read Time = 1 min

नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा कोभिड-१९ को संक्रमण शून्यमा झरेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार कुनै पनि नयाँ सङ्क्रमित फेला नपरेका हुन् ।

सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण शून्यमा झरेको यो पहिलो पटक हो । दिल्लीमा रहेको स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड-१९ पाजेटिभ दर शून्य प्रतिशत रहेको छ ।

नयाँ सङ्क्रमित नभेटिए पनि त्यहाँ सक्रिय सङ्क्रमितको संख्या १० जना रहेको समाचार संस्था एएनआईले जनाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?