नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-१ स्थित आरुखर्क माध्यमिक विद्यालयले ५०औँ स्थापना दिवसका अवसरमा आइतबार स्वर्ण जयन्ती मनाएको छ । सो अवसरमा विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधि प्रस्तुत गरिएको थियो ।
आयोजकका अनुसार कार्यक्रम उद्घाटन नुवाकोट क्षेत्र नम्बर २ का संघीय सांसद अर्जुननरसिंह केसीले गर्नुभएको थियो भने बागमती प्रदेश सांसद रामप्रसाद ढुंगानाको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खतिवडाको अध्यक्षतामा सम्पन्न स्वर्ण जयन्ती समारोहमा सांस्कृतिक झाँकी, अतिरिक्त क्रियाकलाप र उत्कृष्ट विद्यार्थीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालयका आर्थिक सहयोग संकलन समिति संयोजक विकास खतिवडाले हालसम्म ४९ लाख रुपैयाँ संकलन भएको जानकारी गराउनुभएको थियो । विद्यालयमा हाल दुई सय ५० विद्यार्थीहरू अध्यनरत रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच