
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरूपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा यस प्रकारको पहिलो पहलका रूपमा गरिएको सम्झौताले वित्तीय दुरूपयोग न्यूनीकरणमा सहयोग पुग्ने बैंकले जनाएको छ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउने बताइएको छ । पति-पत्नी, वृद्ध आफन्त वा घरपरिवारका अन्य सदस्यमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोत दुरूपयोग वित्तीय दुरूपयोग हो ।
जसमा परिवारका सदस्यहरूको बैंक खाता र कर्जा जस्ता वित्तीय साधन दुरूपयोग हुने गर्छन् । आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाबाट आफ्ना लागि नभई अरूका लागि ऋण लिन बाध्य बनाइनु जस्ता क्रियाकलाप पर्छन् । जसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ । सो अवसरमा आइएफसीका बंगलादेश, भुटान र नेपालका देशीय प्रबन्धक मार्टिन होल्टमानले भन्नुभयो, ‘वित्तीय दुरूपयोगले जनजीवनमा विभिन्न अवरोध पु¥याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वास पनि घटाउँछ । यस साझेदारीमार्फत् हामी वित्तीय दुरूपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थामा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिका लागि सुरक्षित वातावरण सिर्जना गर्न चाहन्छौँ ।’
‘एम्पावर फाइनान्स एलायन्स’ मार्फत् आइएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्गनिर्देशन दिने छ । यसले बैंकलाई वित्तीय दुरूपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयन अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्याउने छ । लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले भन्नुभयो, ‘यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरूपयोग जस्तो महत्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्या समाधान गर्नेतर्फ एक महत्वपूर्ण कदम हो ।
आइएफसीसँगको सहकार्यमा हामी वित्तीय सेवाहरूमा सुरक्षा र समावेशितालाई पुनःपरिभाषित गर्दै नयाँ मापदण्डहरू स्थापना गर्ने र संवेदनशील समूहहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।’ गत अगस्ट महिनामा आइएफसीद्वारा अष्ट्रेलिया सरकारको समर्थनमा सुरु गरिएको ‘एम्पावर फाइनान्स एलायन्स’ मा नेपाल, पपुवा न्यूगिनी, श्रीलंका, भानुआतु र भियतनामका नौ वित्तीय संस्था समावेश छन्, जसले सामूहिकरूपमा तीन करोडभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्छन् । हरेक बैंकसँग सहकार्य गर्दै एलायन्सले वित्तीय दुरूपयोगको जोखिम घटाउन सुरक्षित बैंकिङ सेवाको मूल्यांकन, डिजाइन र विकास गर्न मार्गनिर्देशन प्रदान गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच