काठमाडौं । नेपालको प्रमुख लाइफस्टाइल इलेक्ट्रोनिक्स ब्राण्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बुम १८१ एएनसी नेपाली बजारमा ल्याएको छ । एक्टिभ नोइज क्यान्सलेसन, उच्च-गुणस्तरको ध्वनि र लामो ब्याट्री लाइफ जस्ता उन्नत सुविधायुक्त बुम १८१ एएनसी तीन हजार नौ सय ९९ रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीमा अनुसार सुरुवातमा एक हजार नौ सय ९९ मा मात्र २५ डिसेम्बरदेखि विशेष अफरमा उपलब्ध हुने छ, जसले २५ सय रुपैयाँभित्रका उत्कृष्ट इयरबड्समध्ये एक बनाउने छ ।
१३ एमएम हाई-फिडेलिटी सोनिक ड्राइभर र अल्टिमा सुप्रिम साउण्ड टेक्नोलोजीले स्पष्ट उच्च, सन्तुलित मध्यम र गहिरो वास प्रदान गर्नुका साथै ४५ एमएस कम लेटेन्सी मोडले लग-फ्री गेमिङ अनुभव प्रदान गर्ने बताइएको छ । ४५ घण्टासम्मको कुल प्ले टाइम र एकपटक चार्जमा छ घण्टा प्ले टाइम रहेको छ भने १० मिनेट चार्जमा १२० मिनेट अतिरिक्त प्ले टाइमका लागि थ्रिसी बुस्ट चार्जिङ टेक्नोलोजी रहेको छ ।
आइपिएक्स ५ वाटर रेसिस्टेन्ट भएकाले कसरत र दैनिक गतिविधिका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । ट्रान्सपरेन्सी मोडले इयरबड्स नझिकी आफ्नो वरपरको अवस्थिति बुझ्न सजिलो बनाउँछ । प्याकेजमा इयरबड्स, टाइप-सी केबल, थप इयर टिप्स, छ महिनाको ब्राण्ड वारेन्टी र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी समावेश रहेको पनि कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच