शेयर बजार आज पनि ओरालो

Read Time = 1 min

काठमाडौं । शेयर बजार बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ ।

बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेको छ । २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै, प्राइम डिबेन्चरको शेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको सेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?