एजेन्सी । इंग्ल्याण्डको एकदिवसीय टोलीमा ब्याटर जो रुटले करिब १३ महिनापछि पुनरागमन गर्नुभएको छ । रुटलाई भारत भ्रमण तथा च्याम्पियन्स ट्रफी २०२५ का लागि एकदिवसीय टोलीमा समावेश गरिएको छ । रुटले गत वर्षको एकदिवसीय विश्वकपयता इंग्ल्याण्डका लागि सीमित ओभरको क्रिकेट खेल्नुभएको छैन ।
यसैगरी कुहिनोको चोट निको भएपछि तीव्र गतिका बलर मार्क उड पनि टोलीमा फर्किनुभएको छ । यसै महिनाको सुरुमा न्युजिल्याण्डविरुद्धको तेस्रो टेस्टका दौरान घाइते हुनुभएका बेन स्टोक्सलाई भने १५ सदस्यीय टोलीमा समेटिएको छैन ।
इंग्ल्याण्डले घरेलु टोली भारतसँग पाँच खेलको ट्वान्टी–२० तथा तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । ट्वान्टी-२० शृंखला जनवरी २२ देखि फेब्रुअरी २ तथा एकदिवसीय शृंखला फेब्रुअरी ६ देखि १२ सम्म हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच