हेटौंडा। बागमती प्रदेश सरकारले करिब साढे ३ करोडभन्दा बढी लगानी गरी २ सय २५ मिटर लामो चुरियामाई सुरुङमार्गको पुननिर्माण गरी सोमबार हेटौंडा उपमहानगरपालिकालाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा लगाएको छ ।
सोमबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रथम मुख्यमन्त्री डोरमणि पौडेलसमेतको सहभागितामा चुरियामाई सुरुङ उद्घाटनसँगै उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामालाई सञ्चालन तथा व्यवस्थापनका लागि हस्तान्तरण गरिएको छ । २ सय २५ मिटर लामो सुरुङको चौडाई २ दशमलव ५ मिटर रहेको छ भने उचाई ३ मिटर रहेको छ । २०७८ वैशाखमा सुरुङ मर्मतको काम सुरु भएकोमा २०८० को असोज महिनामै निर्माण सम्पन्न भएको थियो ।
प्रदेश सरकारले सुरुङ मर्मतमा ३ करोड ६५ लाख रुपैयाँ खर्चिएको छ । उमहानगरले सुरुङ अध्ययन अवलोकनमा आउने पर्यटकका लागि निश्चित शुल्कसमेत तोकिएको छ । सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मा एक दशकसम्म साना सवारी साधनसमेत सञ्चालन भएको थियो । चुरे पहाड शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माण गरेपछि सुरु प्रयोगबिहीन रहेको थियो ।
सुरुङमार्ग उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गलाई पर्यटनसँग जोड्दै सम्पदा पनि संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापन र मन्दिर व्यवस्थापनको विस्तृत कार्ययोजना बनाएर अघि बढ्न उपमहानगरपालिकालाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के, पूर्वमन्त्री रामेश्वर फुयाँल, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।
हेटौंडा–१५ चुरियामाई मन्दिरसँगै रहेको सुरुङको अध्ययन अवलोकनका लागि अब टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच