काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सल्लाहकारमा मनोनित हुनुभएको छ । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै नम्रतालाई सल्लाहकार बनाइएको जानकारी दिएको हो । महोत्सवका क्रममा हुने रचनात्मक कार्यक्रममा नम्रताले सल्लाहकारका रूपमा सहभागिता जनाउने उल्लेख गरिएको छ ।
२०६५ सालमा अभिनय यात्रा सुरु गर्नुभएकी नम्रता नेपाली चलचित्र क्षेत्रमा स्थापित कलाकार हुनुहुन्छ । नम्रतालाई अभिनयमा विविधता भएकी अभिनेत्रीका रूपमा चित्रण गरिन्छ ।
चैत २ देखि ६ गतेसम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह हुनुहुन्छ भने सदस्यहरूमा अभिनेता सुनिल थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार हुनुहुन्छ ।







नेपाल एसीसी प्रिमियर कप क्रिकेट
विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका