पिएलसी अटोमेसन तालिम सम्पन्न

Read Time = 2 mins

काठमाडौं । विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिक कामदारका लागि उद्योग संगठन मोरङले इन्सोर परियोजनाको सहकार्यमा सञ्चालन गरेको २४ दिने पिएलसी अटोमेसनमा तालिम सकिएको छ । विभिन्न उद्योग प्रतिष्ठानका २३ प्राविधिकको सहभागिता रहेको तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उपलब्ध नभएको अवस्थामा संगठनले सञ्चालन गरेको तालिमले प्राविधिकको सीप थप परिमार्जित र परिस्कृत गर्न सहयोग पुर्‍याएको बताउनुभयो ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले तालिमका सहभागीलाई सीप परीक्षणका लागि मन्त्रालय समन्वय गर्न तयार रहेको बताउनुभयो । इन्स्योर परियोजनाका तालिम संयोजक सुशील लिंखाले परियोजनाले उद्योग संगठन मोरङको सहकार्यमा आगामी दिनमा नयाँ क्षेत्र पहिचान गर्ने र सोही आधारमा पाठ्यक्रम निर्माण र तालिम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।

वर्कर्स फरदर ट्रेनिङअन्तर्गत सञ्चालित तालिममा सहभागीलाई अटोमेसन र अटोमेसनका कम्पोनेन्ट, उपकरण सञ्चालन विधि, समस्या समाधानका उपाय र समुचित व्यवस्थापन पद्धति, प्राविधिक खराबीका कारण उत्पादकत्वमा पर्ने असर, मेसिन सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा व्यवस्थालगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक विधिहरू सिकाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?