काठमाडौं । नेपाल टेलिकमले हाल कर्णाली प्रदेशअन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बिटिएस टावरहरूमा अनधिकृतरूपमा केही समूह/व्यक्तिहरूबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको भन्दै उल्लेखित गतिविधि नगर्न सचेत गराएको छ । सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएका सेवाहरू अवरुद्ध हुन पुगेको भन्दै कम्पनीले चिन्ता व्यक्त गरेको छ ।
कम्पनीका अनुसार सर्केगाड गाउँपालिका ५ स्थित बरै माइक्रो बिटिएसमा पुस ४ गते सोलार प्यानल, भिस्याट उपकरण तथा अर्थिङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएकाले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा पनि मागेको छ ।
सार्वजनिक महत्वका सरकारी सम्पत्तिमा क्षति पुर्याउने र सर्वसाधारणको अविच्छिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरू नगर्न/नगराउन सम्बन्धित पक्षलाई कम्पनीले सचेत गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच